बागमती प्रदेशमा महिला, बालबालिका सम्वन्धी अपराध बढ्दो
हेटौंडा । बागमती प्रदेशका उपत्यका भन्दा बाहेकका दश वटा जिल्लामा महिला तथा बालबालिका सम्वन्धी अपराध वढेको पाइएको छ । तीन वर्षको प्रहरीको तथ्याङकमा महिला र बालबालिका सम्वन्धी अपराध बढेको पाइएको हो ।
बितेको आर्थिक वर्षमा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका उजुरी मात्र ३ सय ९६ वटा परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६–०७७ मा जवरजस्ती करणीका २ सय ५६ र जवरजस्ती करण उद्योगमा ८६ वटा उजुरी परेका थिए ।
त्यसैगरी आर्थिक वर्ष २०७५–०७६ मा जवरजस्ती करणीका २ सय २८ वटा र जवरजस्ती करणी उद्योगका ६० वटा उजुरी प्रहरीमा परेको एसपी अधिकारीले वथताउनुभयो । बितेको आर्थिक वर्षमा मात्र यस घटना मध्यमा पनि आत्महत्याका ५ सय १० वटा घटना भएका छन् । आत्महत्याको घटना आर्थिक वर्ष २०७६–०७७ मा ४ सय ६ वटा र आर्थिक वर्ष २०७५–०७६ मा ३ सय २८ वटा घटना भएका थिए ।
बितेको आर्थिक वर्षमा बहुविवाहका ८२ वटा, बालबिवाहका ९ वटा, बोक्सीको आरोपका १३ वटा, जातिय छुवाछुत विरुद्धका २ वटा, बालयौन दुरुपयोगका ४६ वटा, गर्भपतनका २ वटा र आत्महत्याका ५ सय १० वटा घटना बागमती प्रदेशमा भएका छन् ।
























