राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। उनले प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

उनी शुक्रबार बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन्।

उनीहरुबीच करिब ४५ मिनेट समसामयिक राजनीतिक विषयमा वार्ता भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*