राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् ।

जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना(साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् ।

यसअघिको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिममत्तताका साथ काम गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*