मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि ,एकको मृत्यु
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३ जनाको पिसिआर र ३ सय ३१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४२ जना र २८ जना गरी थप ७० जनामा कोरोना पुष्टिभएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा र मनहरी भित्रका ३र३ जना,बकैया गाउँपालिका भित्रका २ जना,भीमफेदी,कैलाश र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ३९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल ५ सय २२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ को महिला रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।
























