एक वर्षमा हेटौंडामा रोपीयो १३ हजार फूलका विरुवा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बितेको एक आर्थिक वर्षमा मात्र १३ हजार ३ वटा फूलका विरुवा बिभीन्न सडकका पेटीमा रोपिएको छ । हेटौंडालाई सुन्दर र फूलै फूलको शहरका रुपमा विकास गर्ने लक्षका साथ १३ हजार फूलका विरुवा रोपिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

उपमहानगरपालिकाका साविकका वडा संगै थपीएका वडाहरुका सडक पेटीमा समेत फूल रोपिएको छ । फूलले हेटौंडा बजार क्षेत्रका फराकिला सडकमा थप सुन्दरता दिएको उहाँले वताउनुभयो । वितेको चार वर्षमा सडक फराकिलो पार्ने, त्यसमा पेटी निर्माण गर्ने र फूल रोप्ने अभियानलाई तिब्रता दिइएको मेयर महतले वताउनुभयो ।

हेटौंडाको नगरपालिका रोड, भैरवरोड, सानो पोखरा, मानसचोक, माछा प्लान, कान्तिराजपथ, बसपार्क, बाइपास सडक, अजरअम्व रोड, भैरबरोड, पीपलबोटको रोड, रापतीरोड, जिल्ला प्रहरी कार्यालय अगाडी, मनकामना चोक, भुटनदेविचोक, अस्पताल गेट, प्रदेशसभा भवनको रोड र आसपासका क्षेत्र, क्याम्पाचौर, बुद्धचोक लगायतका क्षेत्रमा फूलका विरुवा रोपिएको उहाँले वताउनुभयो ।

हिउँदयाममा रोपिएका विरुवा मर्ने समस्या धेरै भएपनि वर्षायाममा रोपिएका विरुवा हुर्कने गरेको छ । हिउँदमा दिनहुँजसो फूलका विरुवामा पानी हाल्ने, गोड्ने काम गरिदै आएको छ । तै पनि विरुवा मर्ने समस्या त्यतीकै रहेको छ ।

हेटौंडाका विभीन्न सडक पेटी र वगैचामा निलकाँडा, क्यातकुते, साइकस, धुपी, हेज प्लान्ट, गुलमोहर, कोलिस, बोटल पान, निलो फूल, हेज प्लान्ट, असोक, बगानबेली, एरिला पाम, स्वामी, चाइना गुलाब, निलजाइ, सिंगापुरे हेज, असारे, कोरोटन लगायतका विरुवा रोपिएको मेयर महतले वताउनुभयो । जताततै फूल फुलेपछी हेटौंडामा थप सुन्दरता देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*