बागमती प्रदेशले असार मसान्त सम्ममा ४३२ किलोमिटर सडक पक्की बनायो

हेटौंडा । बागमती प्रदेश सरकारले वितेको असार मसान्त सम्ममा कच्ची रहेका ४ सय ३२ दशमलब ६५ किलोमिटर सडकलाई पक्की निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र मातहतका कार्यालय समेतले आर्थिक वर्ष २०७६–०७७ सम्म र आर्थिक वर्ष २०७७–०७८ सम्ममा कच्ची रहेका सडकलाई पक्की निर्माण गर्ने काम गरेको हो ।

कच्ची सडकलाई पक्कीका रुपमा निर्माण गरिएपछी स्थानीय वासिन्दाहरु खुसी समेत भएका छन् । प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयहरु ८ वटा गरी नौ वटा कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा एक सय ५२ दशमलब ७५ प्रतिशत सडकमा कालोपत्रे गरेको छ । बितेको आर्थिक वर्ष २०७७–०७८ मा एक सय ९९ किलोमिटर सडक कालोपत्रे गरेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरि प्रसाद ओझाले जानकारी दिनुभयो ।

त्यसैगरी निर्देशनालय र मातहतका अरु नौ वटा कार्यालय समेत गरेर आर्थिक वर्ष २०७६–०७७ सम्ममा ४० दशमलब ५५ किलोमिटर सडक स्लाब ढालन गरिएको छ । बितेको आर्थिक वर्ष २०७७–०७८ मा भने ४० दशमलब ३५ किलोमिटर सडकमा स्लाब ढलान गरिएको ओझाले जानकारी दिनुभयो ।

विकासको मुल आधार भनेको पक्की सडक भएकाले यसलाई जोड दिइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले वताउनुभयो । सडक ढलान गर्दा स्थानीय जनसक्तिलाई प्रयोग गरेर काम गरिएको उहाँले वताउनुभयो । वागमती प्रदेश यातायात गुरुयोजना वनाएर काम काम सुरु गरेको उहाँले वताउनुभयो । हरित बागमती प्रदेशको मुल अवधारणाका साथ काम सुरु गरिएको र बिधुतीय सवारीका साधनलाई भित्रयाउन लागिपरेको उहाँले वताउनुभयो ।

सौन्दयीकरण सहितको विकासमा जोड दिएका छौं । ५० वटा पुल निर्माण गरिसकेका छौं । एक सय वटा पुल निर्माण गर्ने तयारीमा रहेको वताउँदै मन्त्री फूयालले भन्नुभयो–‘एक सय वटा रणनैतिक सडक निर्माण सक्ने लक्षका साथ काम अगाडी वढाएका छौं ।’ मन्त्रालय मातहतका कार्यालयहरु पनि निर्माण गरिरहेको उहाँले वताउनुभयो । अब प्रदेश सरकारको काम भने सबै योजनाहरुको उद्घाटन्को चरणमा रहेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*