रेशम चौधरीलाई आफ्नो पक्षमा ल्याउन यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवै संघर्षरत

काठमाडौं । निर्वाचन आयोगमा रेशम चौधरीलाई आफ्नो पक्षमा पार्न जनता समाजवादी पक्षका दुवै पक्ष संघर्षरत छन् ।

पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद हुँदा आयोगले सोमबार हेड काउन्ट गर्दैछ । त्यसकै लागि रेशम चौधरीलाई बागबजार कारागारबाट निर्वाचg आयोग ल्याइएको छ ।

दुवै पक्षले चौधरीले आ–आफ्नो पक्षमा मतदान गर्ने दाबी गरेका छन् । महन्थ ठाकुर पक्षकी सांसद् रञ्जिता चौधरीले रेमश चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने बताइरँदा यादव पक्षकी नेता हिसिला यमीले चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने दाबी गर्नुभएको छ ।

पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलास गठन गर्दै आधिकारिकता विवाद टुङ्ग्याउन लागेको हो । यादवको पक्षमा ५१ कार्यकारिणीमध्ये ३४ जनाले हस्ताक्षर गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*