जसपा विवाद – रेशम चौधरी तटस्थ बसे

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) आधिकारितको विवादमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।

उनले आफू जेलमा रहेको र अहिले कुनै पनि पक्षमा सनाखत गर्न नैतिकताले नदिएको पत्रकारसामू बताएका छन् । उनले भने, ‘जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको कार्यकर्ता हो ।’

सांसद चौधरीले आफू राजनीतिक मुद्दामा जेल बस्नुपरेको भन्दै उनले अहिलेपनि आफू पार्टीको बफादार सदस्य रहेको बताए । जसपा अध्यक्ष महन्थ ठाकुरलाई उनले महाभारतको भीष्म पितामहसँग तुलना गर्दै सम्मान गर्ने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*