खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा बकैयामा एक जनाको ज्यान गयो
बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ८ खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार खेत जोत्ने क्रममा प्रदेश नं.३-००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले थिच्दा चालक बकैया-३ का २२ वर्षीय बुद्ध भोलोनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धान भईरहेको र शवको मुचुल्काको लागि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यलय मकवानपुर जनाएको छ ।
























