मकवानपुरमा १० दिन निषेधाज्ञा थप

हेटौंडा । मकवानपुरमा थप १० दिन निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापनको संयोजक एवं जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरत मणी पाण्डेले जारी निषेधाज्ञा थप १० दिन थपिने निर्णय भएको जानकारी दिए ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख पाण्डेले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि साउन १४ गने सम्मको लागि रहेको थियो । निषेधाज्ञा खुकुलोनै रहने प्रमुख पाण्डेले बताए ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको र संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख पाण्डेले बताए ।

प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।

जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ । जिल्लामा हाल करिब साँडे ५ सयको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*