बकैयामा भेटियो मानव कंकाल

बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ को एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।

मंगलबार गाउँपालिको वडा नंबर ४ को गुराँस सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भेटिएको मानव कंकालमा मानवको कम्मर तलको भाग रहेको र कंकाल नजिकै पुरुषको कपडा पनि फेला परेको हुँदा कंकाल पुरुषको हुन सक्ने प्रवक्ता रिमालले बताए ।

प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*