सामाजिक दुरी कायम गरेर मकवानपुरगढीमा भौतिक उपस्थितीमै पढाउन सुरु

हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रका बिद्यालयमा भौतिक उपस्थितीमै आजबाट अध्यापन सुरु गरिएको छ । गाउँपालिकाका सबै वडाका बिद्यालयहरु बिद्यार्थी भर्ना गर्न र पुस्तक वितरणका लागि खुलेपनि अध्यापन गर्न भने सुरु गरिएको थिएन । तर, आजबाट बिद्यालयहरुमा बिद्यार्थीको भौतिक उपस्थितीमै अध्यापन सुरु गरिएको शिक्षकहरुले वताएका छन् ।

सामाजिक दुरी कायम गरेर बिद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिइएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले वताउनुभयो । स्वास्थ्य सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै थोरै समय बिद्यालय खोल्नका लागि निर्देशन दिएको वताउँदे उहाँले भन्नुभयो–‘बिद्यालय खोल्ने लिखीत निर्णय कही कतै गरिएको छैन । मौखिक रुपमा भनिएको मात्र हो ।

मकवानपुरगढी गाउँपालिकाले अस्ती सबै विद्यालयका प्रधानध्यापकहरुलाई बिद्यालयमा बोलाएर बिद्यालय खोलेर अध्यापन गराउनका लागि निर्देशन दिएसंगै आजबाट बिद्यालयमा पढाइ सुरु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण बैशाख महिना देखि वन्द भएका बिद्यालयहरुमा आजबाट अध्यापन सुरु गरिएको हो । गाउँपालिकाको निर्देशनपछी बिद्यालय खोलीएको र अध्यापन सुरु गरिएको शिक्षकहरुले वताएका छन् ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिद्यालयले कुनैपनि बहानामा बिद्यार्थीलाई बिद्यालयमा उपस्थित गराए कार्बाही गर्ने चेतावनी दिएको छ । हेटौंडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न नगराउँन सूचित गरेको छ । उपमहानगरपालिकाको सूचनालाई अटेर गरेमा संक्रमण ऐन अनुसार कार्बाही गरिने भएको हो ।

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सुचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो । कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको जानकारी प्राप्त भएकोले त्यसो गर्न, नगराउन सुचना जारी गरिएको हेटौंडा उपमहानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गंगाधर रिमालले बताउनुभयो ।
सूचनामा भौतिक उपस्थिति गराई गृहकार्य दिने, पठनपाठन गराउने जस्ता कृयाकलाप तत्काल बन्द गरी बैक्लपिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन भनिएको छ । आइतबार बसेको नगर शिक्षा समितिको निर्णय अनुसार हाललाई भौतिक उपस्थितिमा पठनपाठन नगरी बैक्लपिक विधिबाट पठनपाठन गर्न भनिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*