मकवानपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
हेटौंडा । मकवानपुरमा थप एक जना कोरोना संकमितको मृत्यु भएको छ ।
आज बिहान साँडे ११ बजे हेटौंडा अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडाउपमहानगरपालिका वडा नंबर १३ का ७३ वर्षीय वृद्ध पुरुष रहेका छन् । उनलाई साउन ९ गते कोरोना पुष्टि भएको सोहि दि न उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।
यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ ।
























