वालुवाटारमा प्रधानमन्त्री देउवा र ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच मन्त्रिमण्डल बिस्तारका बिषयमा छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।

गठबन्धनका शिर्ष नेताहरुलाई सरकारमा जाने मन्त्रिहरुको नाम टुंगो लगाउने जिम्मा यसअघिको बैठकले निर्णय गरेको थियो ।

सम्भवत अबको केही दिनमै मन्त्रिमण्डल बिस्तार हुनेछ । अध्यक्ष ‘प्रचण्ड’सँगको भेटपछि प्रधानमन्त्री देउवा सिंहदरबारतर्फ लाग्नु भएको बुझिएको छ ।

बुधबारको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिको नाम छिटो पठाउन आग्रह गर्नु भएको थियो । सो क्रममा एमाले नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएका थिए ।

हाल नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट २्२ मन्त्रिहरु सरकारमा रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*