आज पनि बस्दै कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा आगामी १४औं महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि हिजो बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

आजको बैठकमा सोही विषयमा थप छलफल हुने छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन पूर्व निर्धारित भदौ १६ को मिति भने प्रभावित हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*