सामरी खोलाले बगाउदा मकवानपुरगढीकी एकको मृत्यु

हेटौंडा । सामरी खोलाले बगाउदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी ६ की वर्ष ४२ की तुलसी माया घलान गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको प्रहरीले बताएका हुन् ।

विहिवार विहान स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनलाई खोलाले बगाएको हुन सक्ने मकवानपुर प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*