कोरोना संक्रमण भएको दुई दिनमै हेटौंडामा एक महिलाको मृत्यु
हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनमै एक संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए ।
झाका अनुसार महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको अधिकारी झाले बताए । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।
























