मकवानपुरमा थप ४ सय ३२ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिका भित्रका रहेका छन् । भीमफेदी स्थित भीमफेदी कारागार भित्रका ३ सय ५५ जना कैदी सहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि हेटौंडा भित्रका ५७ जना,मनहरी भित्रका ६ जना,मकवानपुरगढी भित्रका ३ जना,बकैयाका २ जना,थाहा र राक्सिराङका एकएक जना रहेको छन् ।

यो संगै जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा(१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए । झाका अनुसार महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको अधिकारी झाले बताए । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।

जिल्लामा हालसम्म १३ हजार २ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १२ हजार १ सय संक्रमण मुक्त अर्थात कोरोना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*