हेटौँडामा कोरोनाबाट २४ घण्टाको अवधिमा बुबा–छोरीकै मृत्यु

हेटौँडा । मकवानपुरमा पछिल्लो केहिदिनबाट कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो एक हप्ताबाट यहाँ मृत्यु हुनेको संख्यापनि बढ्दै गएको छ ।
कोरोना संक्रमणबाट मकवानपुरमा २४ घण्टाको अन्र्तरलामा बाबु–छोरीले ज्यान गुमाएका छन् । लामो समयदेखि हेटौँडा अस्पतालमा कार्यर हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ बनस्पतीकी तारा तिमल्सिना तथा उनका बुबाले २४ घण्टाको अन्तरालमा ज्यान गुमाएका हुन् ।

कोरोना संक्रमण भएर हेटौँडा अस्पतालमा उपचार गरिरहेका तिमल्सिनाका बुबाको श्रावण १४ गते बिहिबार मृत्यु भएको थियो भने छोरीको श्रावण १५ गते शुक्रबार मृत्यु भएको हो ।
कोरोनाको दोश्रो लहरसँगै यस अघि पनि हेटौँडामा एक परिवारका बुबा छोरीकै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*