पशुपालक किसानलाई प्रोत्साहित गर्दै स्थानीय सरकार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत बितेको आर्थिक वर्षमा धेरै किसानहरुका लागि सहयोग गरेको छ । पशुपालनमै लागेकाहरुलाई स्थानीय सरकारले थप प्रोत्साहन गर्नका लागि सहयोगका कार्यक्रम ल्याएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

पशुपन्छीका क्षेत्रमा बितेको आर्थिक वर्षमा उपमहानगरपालिकाले एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस मध्यमा अधिकांश कार्यक्रम भने किसानलाई अनुदानका कार्यक्रम रहेका छन् ।

किसानका लागि विभीन्न खालका फरक फरक खालका काम गरेर किसानका पेसालाई टिकाउनका लागि सहयोग गर्ने उदेस्यले अनुदानका कार्यक्रम ल्याइएको छ । बिषेषगरी पशुपन्छी पालनमा युवा, एकल महिला, गरिब असहायहरुलाई आकर्षित गर्नका लागि पनि कार्यक्रम ल्याइएको उहाँले वताउनुभयो । उपमहानगरपालिकाका साविकका ११ वटा वडा भन्दा पनि पछी थपीएका ग्रामिण वडाका किसानलाई लक्षित गरेर पशुपालनको क्षेत्रमा सहयोग गरिएको मेयर महतले वताउनुभयो ।

बितेको आर्थिक वर्षमा बंगुर प्रवर्दन कार्यक्रम, महिला पशुपालन प्रोत्साहन कार्यक्रम, पशु घाँस आहार वितरण कार्यक्रम, एकल महिला, गरिव, असहाय पशुपालन प्रोत्साहन कार्यक्रम, ग्रामिण कुखुरा प्रवर्दन कार्यक्रम, पशुकृतिम गर्भाधान कार्यक्रम, युवा लक्षित पशुपालन कृषक अनुदान कार्यक्रम, औषधी खरिद तथा वितरण कार्यक्रम, समुह कृषकलाई पशुपन्छी तौल मेसिन वितरण कार्यक्रम, खोर सुधार अनुदान लगायतका कार्यक्रमका लागि किसानलाई सहयोग गरिएको उपमहानगरपालिकाका आर्थिक विकास महासाखाका प्रमुख गंगा चौलागाईंले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*