माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्र पुग्नुभएको हो ।

शुक्रबार पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । शुक्रबार प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

शनिबार प्रचण्डले प्रधामन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई भेट्नु भएको थियो । उक्त भेटवार्तामा माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*