मकवानपुरमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर उच्च

मकवानपुर । मकवानपुरमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम झनै बढेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख १९ गतेदेखि जारी गरेको निषेधाज्ञा हालसम्म पनि कायम नै रहेको छ ।

निषेधाज्ञा कायम रहेपनि प्रशासन कार्यालयले साउनको सुरुवातदेखि अत्यावश्यक क्षेत्रसहित बजार र व्यवसाय संचालनको लागि केही सहज बनाउन निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै कोरोना संक्रमणको दरपनि बढेको छ ।

मकवानपुरमा आगामी साउन २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरमा पर्यटन क्षेत्र, धार्मिक क्षेत्र, खेलकुद क्षेत्र, मनोरञ्जन क्षेत्र, चलचित्र तथा सिनेमा हल लगायतका क्षेत्र पूर्ण रुपमा बन्द रहेका छन् भने अन्य सबै क्षेत्रहरु संचालनमा रहेका छन् ।

मकवानपुरमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसाय विहान ४ बजेदेखि ११ बजेसम्म र अन्य व्यवसायहरु विहान ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न प्रशासनले अनुमती दिएको छ ।

सार्वजनिक यातायातको हकमा भने विहान ६ बजे देखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाए लगत्तै मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढि रहेको स्वस्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १ हजार नजिक

पछिल्लो एक हप्ता भित्र जिल्लामा करिब ७ सयको संख्यामा संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो दिनहरुमा तिब्र रुपमा कोरोना सक्रमित बिरामीहरु संखया बढ्दै गएको छ भने संक्रमणको जोखिम पनि बढेको छ ।

हाल जिल्लामा ९ सय ४६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ८ सय ८७ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*