‘नेपाल समूह तत्काल सरकारमा आउनुहुन्न’ – प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् ।
स्थायी कमिटी बैठकअघि प्रचण्डले नेता नेपाललाई भेटेका थिए । बैठकमा प्रचण्डले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नु नहुने प्रधानमन्त्रीको धारणा रहेको सुनाएका थिए । सत्ता गठबन्धनभित्रका दलले निर्णय गर्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
























