हेटौंडा – काठमाण्डौ जोड्ने छोटो दुरीको मार्ग अवरुद्ध

हेटौँडा । हेटौंडाबाट काठमाण्डौ जाने छोटो दुरीको मार्ग अवरुद्ध भएको छ । भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछी यस सडक भएर चल्ने निजी तथा भाडाका सवारीका साधन ओहोर दोहोर गर्न पाएका छैनन् । नयाँ सडक निर्माणको काम भइरहेकाले भैसे भीमफेदी सडक खण्डबाट ओहोर दोहोर गर्नका लागि नागरिकले धेरै सास्ती बेहोर्दै आएका थिए ।

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन÷चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*