हेटौंडा अस्पतालमा फेरी नयाँ भवन निर्माण हुँदै
हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई एक पछी अर्को सुबिधा थपिदै गएको छ । भदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक संरचना निर्माणको काम संगै स्वास्थ्य सेवामा पनि थप गरिएको छ ।
संघीय सरकारको लगानीमा अस्पतालको नयाँ भवन निर्माण भइसकेको छ । त्यसमा रंग लगाउने र भित्री फिनिसिङको काम मात्र बाँकी रहेको छ । यसलाई केही हप्तामानै प्रयोगमा ल्याउनेगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले योजना वनाएको छ ।
अस्पताललको स्तरबृद्धी गर्दा अझै सेवा सुबिधाहरु थप गर्नुपर्ने भएकाले यसको लागि अस्पतालको नयाँ भवन निर्माण गर्न लागिएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रधालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले अस्पतालको भवनको शिलान्यास गर्ने तयारी गरिसकेको छ ।
कुल २२ करोड ८६ लाख रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि निर्माण कम्पनिसंग संझौताको काम सकिएको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका सिनियर डिभिजन इन्जिनियर राजेश कुमार पौडेलले जानकारी दिनुभयो ।
कार्यालयले वितेको असार १८ गतेनै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग ठेक्काको संझौता गरिसकेको उहाँले वताउनुभयो । तीन वटा व्लक निर्माण हुने छन् । त्यस मध्यमा एउटा व्लकमा पार्किङ गर्नका लागि अण्डरग्राउन्ड समेत निर्माण गरिएको भएको पौडेलले वताउनुभयो । निर्माण कम्पनिले २०८० साल पुस १६ गते अस्पताल निर्माणको काम सक्नुपर्ने संझौतामा उल्लेख छ ।
यो भवन समेत निर्माण भएपछी हेटौंडा अस्पतालमा तीन सय बेढ पुर्याउने प्रदेश सरकारको लक्षलाई थप सहयोग पुग्ने छ । अहिले भौतिक संरचना अभाबका कारण निकै समस्या बेहोरेपनि पछी सहज हुने अपेक्षा गरिएको छ ।
























