देउवा बिसन्चो भएपछि सत्तारुढ गठबन्धनको बैठक दिउँसो चार बजेलाई सर्‍यो

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सोमबार बिहान १० बजेलाई निर्धारित सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेलाई सरेको छ।

देउवाले बिहान गठबन्धनको बैठक बोलाएपछि तयारीमा समय अभाव हुने ठानेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको दिउँसो तीन बजेलाई निर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

तर देउवाले आफूलाई अलि बिसन्चो भएको र आराम गर्नु पर्ने भएकाले बैठक दिउँसो चार बजेलाई तोकेको जानकारी गठबन्धनका नेताहरुलाई पठाएका छन्।

सत्ता गठबन्धनको सोमबारको बैठकमा सरकारको कामकारवाही, मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुने देउवा निकट एक नेताले जानकारी दिए।

उनका अनुसार सोमबार नै मन्त्रिपरिषद् बिस्तारबारे भने टुंगो लाग्ने छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*