मकवानपुरमा कोरोनाको कारण थप २ को मृत्यु ,थप ८९ मा कोरोना पुष्टि

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना हेटौंडा उपमहानगरपालिका भित्रका र अर्का एक जना कैलाश गाउँपालिका भित्रका रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

हेटौंडा-७ का ७० वर्षीय वृद्ध संक्रमित पुरुषको गएराति सात बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई साउन ४ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पताल भर्ना गरिएको र हिजो राति मृत्यु भएको कार्यलयले जनाएको छ ।

यसैगरि मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नंबर ९ की ७४ वर्षीया वृद्धा महिला रहेकी छन् । उनलाई साउन १२ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको पिसिआर र ३ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ७२ जना र १७ जना गरी ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरपालिका र मनहरी गाउँपालिका भित्रका ४र४ जना,बकैया गाउँपालिका भित्रका ३ जना,भीमफेदी र मकवानपुरगढी गाउँपालिका भित्रका २र२ जना,कैलाश र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३ जना पुगेका छन् । जसमा ९ सय ९० जना घरमा र ७२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना जितेका छन् । यो संगै हालसम्म १३ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३ सय ४४ जना संक्रमण मुक्त अर्थात कोरोना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*