माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली बस्नेगरी स्थगित
काठमाडौँ – नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
बुधवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक बिहीवार (भोली) बस्नेगरी स्थगित गरिएको एक नेताले जानकारी दिए ।
केही केन्द्रीय सदस्यहरु उपत्यका बाहीर रहेको र बुधवारको बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक बिहीवार बस्ने गरि स्थगित गरिएको बताईएको छ ।
























