मकवानपुरमा १२७ किलो गाँजा सहित ३ जना प्रकाउ
हेटौंडा । मकवानपुरबाट १२७ किलो गाँजा लुकाई ल्याउने ट्रकसहित ३ जना प्रकाउ परेका छन् ।
बुधवार(आज) बिहानको ७ बजेको समयमा पूर्व–पश्चिम लोकमार्ग सडक खण्ड स्थित मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले द्यच्भ् २८३९ नम्बरको भारतीय ट्रकमा गाँजा फेला पारेको छ ।
उक्त ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लागुऔषध गाँजा १२७ किलो फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा रहेको उक्त ट्रकका चालक भारत बैशाल जिल्ला बस्ने बर्ष ३८ को रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर जिल्ला बस्ने बर्ष १८ को राहुल कुमार सहनी, ट्रकमा सवार पर्सा जिल्ला बिरगंज महानगरपालिका ९ चुर्नी बस्ने ३० को रियाजुल अंसारी प्रहरीले प्रकाउ गरेको छ ।
उक्त गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
























