मकवानपुरमा थप १ सय ५ जनामा कोरोना संक्रमण
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा पिसिआर र ५९ जनामा एन्टीजेन परीक्षणमा क्रमशः ९६ जना र ९ जना गरी थप १ सय ५ जनामा कोराना पुटि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ८९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरपालिका,मनहरी,भीमफेदी र मकवानपुरगढी गाउँपालिका भित्रका ४र४ जना रहेका छन् ।
यो संगै जिल्लामा सक्रिय संक्रमिको संख्या ११ सय ५ जना पुगेका छन् । जसमा १०३८ जना आफ्नै घरमा र ६७ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना संक्रमित संक्रमण मुक्त अर्थात कोरोना निको भएका छन् । जिल्लामा हालसम्म ९० प्रतिशत संक्रमित कोरोना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । हालसम्म जिल्लामा कोरोनाको कारण १ सय ४५ जनाको मृत्यु भएको छ
























