बलात्कारको आरोपमा पक्राउ परेका दुई जना जेल चलान

हेटौँडा । पुर्पक्षका लागि जेल चलान भएका छन । गत जेठ २५ गते हेटौँडा वडा नंबर ४ को एक घरबाट तास खेलीरहेको अवस्थामा पक्राउ परेका ६ जना मध्य् दुई जना जनलाई पुर्पक्षका लागि जेल चलान गरिएका्े हो ।

पक्राउ परेकी एकजना किशोरीले बन्धक बनाई बलात्कार गरेको बताएपछि अनुसन्धानको क्रममा रहेका ६ जना मध्ये दुईजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जना मध्य हेटौंडा ४ का रुस्तम कोईराला र अख्तर हुसेनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। अन्य चार जनालाई जुवा ऐन अन्तर्गत ३० हजार धरौटीमा छोडिएको छ ।

जुवा ख्लीरहेको अवस्थामा पक्राउ परेकी किशोरीले आफुलाई बन्धक बनाएर बलात्कार गरेको बताएपछि पक्राउ परेकाहरुलाई प्रहरीले जेठ २५ गतेबाटै पक्राउ गरि अनुसन्धान गरिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*