हेटौंडाको ११ वटा वडामा भोलि अनलाईन फारम भरेकालाई कोरोना विरुद्ध भेरोसेल खोप लगाईदै

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भोलि शुक्रबार कोरोना विरुद्ध खोप लगाउन अनलाईन मार्फत फारम भरेकालाई भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ ।

हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार भोलि हेटौंडाको १ नंबर वडा देखि ११ नंबर वडा सम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन अनलाईन फारम भरेकालाई मात्र खोप लगाउने कार्यक्रम रहेको छ ।

उनले सबै वडाको वडा स्वास्थ्य कार्यलयमै खोप लगाउने व्यवस्थापन गरिएको जानकारी दिए ।

चौलागाईंका अनुसार भोलि स्वास्थ्य कार्यलय मकवानपुरबाट आएको १० हजार खोप लगाउने कार्यक्रमको तयारी रहेको छ । उनले यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि दोस्रो डोज खोप लगाउने तयारी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*