भदौं २३ पछि पार्टीका सबै तहको वैधानिकता सकिन्छ – पौडेल समुह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले तोकिएको मितिमा १४औं महाधिवेशन सम्पन्न नभए आगामी भदौ २३ गतेबाट पार्टीको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रिय कार्यसमितिको वैधानिकता समाप्त हुने ठहर गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको पौडेल समुहको बैठकले भदौ १६ गते तोकिएको महाधिवेशन गर्नै पर्ने अडान प्रस्तुत गरेको छ ।

पाँच वर्ष ६ महिनामा पार्टी महाधिवेशन गर्नै पर्ने संवैधानिक व्यवस्था रहेकाले समयमा महाधिवेशन नभए पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता समाप्त हुने चेतावनी पौडेल समुहले दिएको हो ।

समयमै महाधिवेशनमा जोड दिएको सो समुहले नियमित महाधिवेशनको साटो विशेष महाधिवेशन गरेर पार्टी वैधानिकता जोगाउन सकिने तर्क पनि अगाडि सारेको छ ।

छलफलमा नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल र बलबहादुर केसीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । कांग्रेसमा क्रियाशील सदस्यतामा देखिएको किचलोले महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*