हेटौंडामा आजबाट अनलाईन फारम भरेकालाई भेरोसेल खोप लगाउन सुरु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट कोरोना विरुद्ध भेरोसेल खोप लगाउन सुरु गरिएको छ । अनलाईन मार्फत फारम भरेकालाई भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको हो ।

हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौंडा उपमहानगरपालिकाको १ नंबर वडा देखि ११ नंबर वडा सम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको हो । सबै वडाको वडा स्वास्थ्य कार्यलयमै खोप लगाउने व्यवस्थापन गरिएको छ ।

निरीक्षक चौलागाईंका अनुसार स्वास्थ्य कार्यलय मकवानपुरबाट आएको १० हजार डोज खोप लगाउने कार्यक्रमको रहेको छ । उनले यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि दोस्रो डोज खोप लगाउने तयारी रहेको बताए ।

मकवानपुरमा हालसम्म ८४ हजार ६ सय ७८ जनाले कोरोना विरुद्धको पहिलो डोज लगाएका छन् भने ३७ हजार ७६ जनाले पूर्ण लगाएका छन् ।

जिल्लामा खोप लगाएका मध्ये ४७ हजार ६ सय २ जनाले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*