निषेधाज्ञालाई कडाई गर्ने बिषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यलय मकवानपुरको बैठक बस्दै

हेटौंडा । पछिल्लो दिनहरुम मकवानपुरमा कोरोना संक्रमित तिब्र रुपले बढे संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई कडाई गरी थप गर्ने तयारी गरेको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन २४ गते आईतबार सम्म रहेको छ । जिल्लामा संक्रमण दर बढिरहेको र निषेधाज्ञा समयसिमा नजिकिदै गर्दा जारी निषेधाज्ञालाई कसरि अगाडी बढाउने भन्ने विषयमा छलफल गर्नको लागि आज प्रशासनको बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख (प्रजिअ) भरत मणी पाण्डेले जानकारी दिए । उनले बैठकको छलफल र निष्कर्ष पछि निषेधाज्ञाको विषयमा ठोस निर्णय आउने बताए ।

पछिल्लो तीन महिनादेखि जिल्लामा निषेधाज्ञा जारी रहे पनि पछिल्लो एक महिना एता बजार खुला,सार्वजनिक तथा निजि सवारी संचालन भईरहेको छ ।

जिल्लामा निषेधाज्ञा निकै खुकुलो र नागरिकहरुले स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण उच्च दरले बढेको हो । हाल पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा बढी संक्रमण तिब्र रुपले बढेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या तिब्र रुपले बढेको छ । कोरोना संक्रमितको संख्या बढे संगै संक्रमणको जोखिम पनि उच्च बढेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि साउन २० गते १ सय ५ जना,साउन १९ गते ८९ जना,साउन १८ गते १ सय १९ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा आजको दिनमा जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना रहेका छन् ।

जसमा १ हजार ८२ जना आफ्नै घरमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*