मकवानपुरमा थप ७० जनामा कोरोना संक्रमण ,१ को मृत्यु

हेटौंडा । मकवानपुरमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३६ जनाको पिसिआर र ३५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ६४ र ६ जना गरी ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना मुक्त भएका छन । जिल्लामा हालसम्म कोरोना पुष्टि भएकामा ९० प्रतिशत कोरोना निको भएका छन् ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर १ की ४५ वर्षीया महिला रहेकी छन् । उनको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।

उनका अनुसार महिलालाई साउन १४ गते कोरोना पुष्टि भएको र उपचारको लागि साउन १९ गते हेटौंडा अस्पताल भर्ना गरिएको थियो । यो संगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ ।

जिल्लामा आजको दिनमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा १ हजार ८९ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*