मकवानपुरमा जारी निषेधाज्ञालाई कडाईको साथ लागू गर्ने तयारी

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित बिरामीहरु दिन प्रतिदिन बढ्र्र्न थालेपछि जारी निषेधाज्ञालाई कडाईको साथ लागू गरिने भएको छ ।

कोरोना संक्रमितको बिरामीहरु बढे संगै जारी निषेधाज्ञाको विषयमा आज जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा कोरोना संक्रमितको बिरामीहरु बढिरहेको अवस्थामा जारी निषेधाज्ञालाई कसरि अगाडी बढाउने भन्ने विषयमा छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० भरत मणी पाण्डेले संक्रमण बढ्न नदिन र जारी निषेधाज्ञाको विषयमा छलफल भएको बताए । उनले भनेः संक्रमण बढिरहेको छ । संंक्रमण बढ्न नदिन कसरि अघि बढ्ने भनेर विज्ञहरुसंग सुझाव लिईरहेका छौ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा पर्सि सम्म छ । निषेधाज्ञालाई कसरि अघि बढाउने भन्ने विषयमा भोलि बेलुका सम्म निष्कर्ष आउँछ ।

प्रशासनले जारी निषेधाज्ञालाई थप गरेर कडाई गर्ने तयारीमा रहेको छलफलमा सहभागी एक सदस्यले जानकारी दिए । उनका अनुसार जारी निषेधाज्ञाको समयसिमापछि थप गरिएको निषेधाज्ञा कडा हुने छ । उनले भनेः संक्रमण बढिरहेको छ । आजको बैठकमा निषेधाज्ञालाई कडाई गरेर लैजानुपर्ने सुझाव आएको छ ।

उनका अनुसार प्रशाासनले सवारीमा जोरबिजोर प्रणाली,बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यन्न पसल मात्र खोल्न दिन र बैंकहरु आलोपालो गरी खोल्न दिने तयारी गरेको छ ।

प्रशासनले पछिल्लो पटक थप गरेको निषेधाज्ञा साउन २४ गते आईतबार सम्म रहेको छ । पछिल्लो तीन महिनादेखि जिल्लामा निषेधाज्ञा जारी रहे पनि पछिल्लो एक महिना एता बजार खुला,सार्वजनिक तथा निजि सवारी संचालन,भिडभाड तथा जनस्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमण बढेको हो ।

जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएको छ । यहाँ पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा आजको दिनमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा १ हजार ८९ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । यहाँ हालसम्म कोरोनाको कारण १ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*