जागरण अभियानद्धारा बजार व्यवसाय खोल्नुपर्ने माग

मकवानपुर । मकवानपुर जागरण अभियानले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने नाममा प्रशासनबाट बिना परामर्श अव्यवहारिक कदम चालिन नहुने भन्दै ध्यानाकर्षण गराएको छ ।

अभियानका अध्यक्ष कृष्णराज कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुर प्रशासनले हचुवाको भरमा एकतर्फी रुपमा व्यापार व्यवसाय बन्द गराउने र खुलाउने जस्तो अव्यवहारिक कदम चालिरहेको भन्दै त्यसो नगर्न सुझाव दिएको हो ।

मकवानपुर प्रशासनले कोरोनाका संक्रमित दिनप्रतिदिन बढीरहेको अवस्थामा साउन २५ गतेदेखि निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने तयारी गरेसंगै जागरण अभियानले प्रशासनको कदमले व्यवसाय र जननीवन नै धरापमा पर्ने भन्दै त्यसो नगर्न सुझाएको हो ।

उसले सबै नागरिकलाई अनिवार्य खोपको व्यवस्था गरेर आवश्यक स्वास्थ्य मापदण्डलाई कडिकडाउ गरी सबै बजार व्यवसाय पुरै समय संचालन गर्न सुझावसमेत दिएको हो ।

सरकारले यथासिध्र जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेमा कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुनुको साथै लामोसमयदेखि निषेधाज्ञाको चपेटामा परेका काम गरी सबैखाले नागरिकलाई राहत मिल्ने अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*