मकवानपुरमा निषेधज्ञामा थप कडाई
हेटौँडा । मकवानपुरका निषेधज्ञालाई कडा पारिएको छ । आज हेटौँडामा बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकले एक हप्ता निषेधज्ञालाई थप गर्दै बजार सञ्चालनको समय परिवर्तन गरेको हो ।
बैठकले बिहान ४ बजेबाट १० बजेसम्म खाद्यन्न र दिउँसो १२ बजेबाट ४ बजेसम्म अन्य ब्यवसाय सञ्चालन गर्नेगरि समय परिवर्तन गरेको छ । बैठकले श्रावण २५ गतेबाट मकवानपुरमा जोरबिजोर प्रणाली सुरु गर्ने भएको छ ।
मकवानपुरका कोरोना संक्रमण बढन थालेपछि निर्णय परिवर्तन गरिएको समितिले जनाएको छ । सबारीसाधन भने बिहान ६ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।
























