कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई एस्ट्राजेनेका खोप लगाइदै

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाइने भएको छ ।

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार साउन अन्तिम सम्ममा उक्त खोप लगाउने कार्यक्रम रहेको छ । उनले भनेः यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई भोलि र पर्सि जिल्लाभर दोस्रो डोज खोप लगाउने कार्यक्रम रहेको छ । त्यो सकिन साथ कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउने छौ ।

जिल्लामा २१ हजार ८ सय ५५ जनाले कोभिशिल्ड खोप लगाएका थिए जसमा ८ हजार ३ सय ५५ जनाले दुबै डोज पाइसकेका छन् । हाल जिल्लामा कोभिशिल्ड को पहिलो डोज लगाएका १३ हजार ५ सय जनाले दोस्रो डोज लगाउन बाँकी रहेका छन् ।

अधिकारी घिमिरेका अनुसार कार्यलयलले कोभिशिल्डको पहिलो डोज लगाएकालाई खोप लगाउन १७ हजार डोज खोप ल्याउने तयारी गरेको छ । जिल्लामा हालसम्म ९३ हजार ९ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएकोमा ३८ हजार ६३ जनाले मात्र पूर्ण खोप लगाउन पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*