एमाले केन्द्रीय कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ ।

नेपाल–खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो ।

एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरिसकेको छ ।

अबको केन्द्रीय कमिटी बैठकमा विधान अधिवेशनको तयारीबारे छलफलको एजेण्डा छ । संस्थापन पक्षले सहमतिको प्रयास नगरेको भन्दै नेपाल पक्षले समेत गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक गरेको छ ।

बैठकले समान आधारमा एकताका लागि संस्थापन पक्षसँग संवाद गर्नेलगायतका निर्णय गरेको थियो । तर, संस्थापन पक्ष अझै पनि एकताका लागि अग्रसर नभएको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई ‘सुध्रिने’ मौका भन्दै एकताका लागि सात दिनको समय दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*