कुलेखानीमा सुमो दुर्घटना हुदा एकको ज्यान गयो , चार गम्भिर घाइते

हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ स्थित कुलेखानीको सिमखोला सडकखण्डमा टाटासुमो दुर्घटना भएको छ ।

काठमाण्डौँबाट हेटौँडा आउँदै गरेको ना १ ज २११४ नंबरको सुमो आफै अनियन्त्रीत भएर सडकबाट ५० मिटर तल खोल्सामा खस्दा सुमो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताए ।

दुर्घटनामा चार जना गम्भिर घाईते भएको र उनिहरुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

मृत्यु भएको सुमो चालकको पहिचान अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार,विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*