मकवानपुरमा झरनामा चिप्लीयर एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा झरना हेर्न आएका एकजनाको झरनामा चिप्लीयर मृत्यु भएको छ ।
झरनाको पानीमा हातले खेल्ने क्रममा चिप्लीयर लड्दा झरना तल जमेको पानिमा डुब्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नंबर १ ठाडोखोला स्थितमा रहेको मोहिनी झरना हेर्न आएका काठमाण्डौ नागर्जुन नगरपालिका वडा नंबर ३ बस्ने वर्ष २३ का सन्देश राईको झरनामा चिप्लीएर लड्दा झरना तल जमेको पानिमा डुब्दा ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताए ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























