हेटौंडाको बिभिन्न स्थानमा आजदेखि चार दिनसम्म विद्युत बन्द रहने

हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजदेखि चार दिनसम्म हेटौंडा हुँदै राईगाउँसम्म विद्युत बन्द रहने जानकारी दिएको छ ।

साउन २५ गते (आज)देखि साउन २८ गतेसम्म विद्युत अवरुद्ध रहने प्राधिकरणले बताएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत रहेको विद्युतका पोल र तार सार्ने,अध्यावधिक गर्नपर्ने भएकाले विद्युत केहि दिनका लागि काटिने प्राधिकरणले जनाएको छ ।

विहानको ७ बजेदेखि ११ बजेसम्म र दिउसोको १ बजेदेखि बेलुकाको ५ बजेसम्म विद्युत आपुर्ति बन्द रहने प्राधिकरणले जानकारी दिएको छ । उक्त समयमा ग्रामिण फिडर अन्तर्गतको हेटौंडा उपमहानगरपालिकाको हटिया, चिसापानिदेखि बकैया गाउँपालिका हुदै बागमती गाउँपालिकाको राईगाउँसम्म बत्ति जाने छ । त्यस्तै रंगशाला फिडर अन्तर्गत रहेको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ र बकैया र बागमती गाउँपालिकामा विद्युत बन्द रहने हेटौंडा वितरण केन्द्रले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले उक्त समयमा विद्युत आपुर्ति बन्द हुने भएसंगै उपभोक्तासंग क्षमा मागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*