निषेधाज्ञामा विद्यालय खोल्ने हेटौंडाका २ निजि विद्यालयका संचालक नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले जारी निषेधाज्ञामा हेटौंडामा भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर विद्यालय संचालन गरेको भन्दै २ वटा निजि विद्यालयका संचालकहरुलाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा-७ स्थित तासिर ईङलिस सेकेन्डरी स्कुलका संचालक अमृत प्रसाद ढकाल र हेटौंडा स्थित ज्ञानोदय बालबाटिकाका संचालक श्याम कुमार बाँनिया नियन्त्रणमा लिर्ईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार उनिहरुलाई आज बिहान विद्यालयबाट नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएको दुबै जनालई कारबाहीको लागि जिल्ला प्रशासन कार्यलय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

केहि दिन अघिबाट निषेधाज्ञालाई अवज्ञा गर्दै विद्यालय संचालन गरेको जानकारी आएको र अनुगमन गर्ने क्रममा विद्यालय संचालन गरिएको पाईएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको कार्यलयले जनाएको छ ।

जिल्लामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन ३२ गतेसम्म रहेको छ । जिल्लामा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*