एमालेको स्थायी कमिटी बैठकद्धारा विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।

एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।

सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*