मकवानपुरमा थप १ कोरोना संक्रमितको मृत्यु, थप ८५ जनामा संक्रमण

हेटौंडा । मकवानपुरमा आज कोरोनाको भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ७७ वर्षीय वृद्ध पुरुष रहेका स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । उनको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यलयले जनाएको छ ।

कार्यलयका अनुसार वृद्धलाई ४ दिन अघि (साउन २२ गते) कोरोना पुष्टि भएको थियो । स्वास्यमा थप समस्या भएपछि साउन २३ गते उपचारको लागि हेटौंडा अस्पता भर्ना गरिएको थियो । यो संगै जिल्लामा कारोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा १ सय ५६ जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७४ जना र ११ जना गरी थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि ८ जना थाहा नगरपालिका भित्रका,३ जना मनहरी गाउँपालिका भित्रका,२ जना बकैया गाउँपालिका भित्रका र एक जना कैलाश गाउँपालिका भित्रका रहेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा ७८ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १४ हजार २३ जना पुगेका छन् भने कोरोना निको हुनेको संख्या १२ हजार ७ सय ४५ पुगेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*