बागमती प्रदेशमा कोरोना विरुद्धको पुर्ण खोप लगाउने ९ लाख १२ हजार पुगे

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण विरुद्धको पहिलो खोप लगाउने ९ लाख ६६ हजार ३ सय ९५ जना पुगेका छन् । प्रदेशमा पुर्ण खोप लगाउने ९ लाख १२ हजार ६ सय १२ जना रहेका छन् ।

पछील्ला दिनहरुमा खोप लागउनेक्रम निकै बढेको छ । सरकारकार खोप उपलब्ध पर्यात गराएसंगै पहिलो र दोस्रो डोज खोप लगाउने नौ लाख जना भन्दा धेरै रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभीढ–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।

प्रदेशमा रहेका १८ वर्ष माथीको जनसख्या मध्यमा १७ प्रतिशतले खोपको खोप लगाएका छन् । पुर्ण खोप लगाउने १६ प्रतिशत रहेको उहाँले वताउनुभयो । बागमती प्रदेशमा १८ वर्ष माथीका ६७ प्रतिशत नागरिकलाई अझै खोप लगाउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*