कुलमान घिसिङले नियुक्ति पत्र बुझे

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले नियुक्ति पत्र बुझेका छन् । कुलमानले बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका हुन् ।

उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।

योसँगै घिसिङको विद्युत प्राधिकरणमा करिब ११ महिनापछि पुनरागमन भएको छ । घिसिङ आफ्नो चारवर्षे कार्यकाल पूरा गरी गत भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

घिसिङले लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेपछि आमरुपमा उनलाई प्राधिकरणमा निरन्तरता दिन दबाब दिइएको थियो । तर तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरको थियो ।

सरकारले हाल प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*