मकवानपुरमा कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

हेटौंडा । मकवानपुरमा आजबाट कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाको ईन्द्रसरोबर,कैलाश,बकैया र बागमती गाउँपालिका बाहेक सबै स्थानीय तहले खोप लगिसकेका छन् ।

उनले केहि स्थानीय तहले आजैबाट खोप लगाउन सुरु गरेको केहिले भोलि लगाउने तयारी गरेको बताए ।

जिल्लाको लागि आएको १६ हजार डोज खोप मध्य १५ हजार १ सय २० डोज स्थानीय तहलाई बाढिएको अधिकारी घिमिरेले बताए ।

यसैगरि जिल्लाको हेटौंडा उपमहानगरपालिकाले आजैबाट कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोसा्रे डोज लगाउन सुरु गरेको छ ।

हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार उपमहानगरपालिकाको १९ वटै वडामा खोप लगाउने कार्य भईरहको छ । उनले उपमहानगरपालिकालाई ७ हजार ९ सय खोप आएको बताए । उनले उपमहानगरपालिकामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका करिब ९ हजारले दोस्रो मात्र लगाउन बाँकी रहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*